राष्ट्रपतिको निर्देशनलाई पालना नगरेर ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त

समाचार

ब्रासिलिया, ५ वैशाख – ब्राजिलका स्वास्थ्यमन्त्री लुइज हेर्निक्यु मान्डेटालाई बर्खास्त गरिएको छ ।राष्ट्रपति जाइर बोल्सोनारोले बिहीबार उहाँलाई मन्त्री पदबाट हटाउनुभएको अधिकारीहरुले जानकारी दिएका छन् ।राष्ट्रपतिको निर्देशनलाई पालना नगरेकोले उहाँलाई बर्खास्त गरिएको बताइएको छ । मन्त्रीले गरेको कतिपय कामप्रति बोल्सोनारोले केही समयदेखि असन्तुष्टि जनाउदै आउनुभएको थियो ।

राष्ट्रपति बोल्सोनारोले स्वास्थ्य मन्त्रीमा अर्को व्यक्तिलाई नियुक्त पनि गरिसक्नु भएको छ । विभिन्न सञ्चार माध्यमहरुले सम्प्रेषण गरेको समाचार अनुसार नेल्सन टेइच नयाँ स्वास्थ्यमन्त्री बन्नुभएको हो ।ब्रासिलियास्थित राष्ट्रपति कार्यालयमा पत्रकारहरुसँगको कुराकानीका क्रममा राष्ट्रपति बोल्सोनारोले बर्खास्त भएका मन्त्री मान्डेटाका बारेमा आफ्नो कुनै टिप्पणी नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,मैले उहाँका बारेमा भन्नु केही छैन, उहाँलाई आलोचना गर्नु पनि छैन, म यस बारेमा केही बोल्दिन। नवनियुक्त स्वास्थ्य मन्त्रीले अपेक्षाकृत काम गर्ने विश्वास गरिएको उहाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *