चीनमा फेरी कोरोना का कारण आजमात्रै १२ सय बढीको मृत्यु ।

समाचार

काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण विश्वमा यो समाचार तयार पार्दासम्म २१ लाख ८३ हजार ५८१ जनालाई संक्रमण भएको छ भने १ लाख ४६हजार ८५५ जनाको मृत्यु भएको छ । त्यस्तै ५ लाख ५२ हजार ७३५ जना उपचार पछि निको भएका छन् भने ५६हजार ५८८ जनाको अवस्था गम्भीर रहेको छ । यसैबीच कोरोना भाइरसको उद्गमस्थल चीनमा अहिलेसम्म ४ हजार ६३२ जनाको ज्यान गएको छ ।

कोरोनाको महामारी सकिएको भनिएको चीनमा अचानक पुनः महामारी शुरु भएको छ । आज मात्रै चीनमा १ हजार २९० जनाले ज्यान गुमाएका छन् । धेरै दिनको अन्तराल पछि चीनमा एकैदिन यति धेरैको संख्यामा मानिसहरुको ज्यान गएको हो । आजमात्रै त्यहाँ थप कोरोना भाइरसका ३५१ नयाँ संक्रमित थपिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *