दक्षिण कोरियाबाट आयो विश्वलाई नै त्रसित बनाउने खबर, निको भयर फर्केका लाई फेरि पनि कोरोना संक्रमण ।

अन्तर्राष्ट्रिय

सिओल । दक्षिण कोरियामा उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका १४० संक्रमितमा पुन: कोरोना पोजेटिभ देखिएको छ । यो घटनाले विश्वभर नै नयाँ तरंग ल्याइदिएको छ ।

दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका कार्यकारी निर्देशक कोन जुन-वुकले उनीहरुलाई फेरि कसरी कोरोना पोजेटिभ देखियो भन्‍ने अहिले थाहा नभइसकेको र यस विषयमा अनुसन्धान भइरहेको छ । अधिकांश विज्ञहरुले कोरोना भाइरसको उपचारपछि फेरि संक्रमित हुने अस्वभाविक रहेको बताएका छन् । उनीहरुले परीक्षणमा केही गडबडी रहेको बताएका छन् ।

सरकारले उनीहरुको नमुना संकलन गरेर अनुसन्धान गरिरहेको कोनले बताएका छन् । यस अनुसन्धानको नतिजा दुई हप्ता आउने उनले जानकारी दिए । उनले भने,हाम्रा कर्मचारीहरुले रातदिन नमुना संकलन गरेर अध्ययन गरिरहेका छन् । दक्षिण काेरियाकाे याे घटनाबाट नेपालीहरूले ठुलाे पास सिक्नुपर्ने छ । हामीले लकडाउन कडाइका साथ पालना गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *