कतारमा रहेका नेपाली लाई खुसिको खबर आयो ।।सक्दो शेयर गरौ

अन्तर्राष्ट्रिय

दोहा : कतार सरकारले कोरोनाका कारण बन्द भएका कम्पनीले श्रमिकको खाने बस्ने सुविधा कटाउन नपाउने भएको छ । कोरोना रोकथामका लागि सरकारी निर्देशन अनुसार बन्द भएका कम्पनीले दीर्घकालीन निरन्तरताका लागि श्रमिकलाई बेतलबी बिदा दिन, वार्षिक बिदामा राख्न र काम गर्ने समय घटाउन सक्ने तर खाने, बस्ने सुविधा भने भने कटौती गर्न नपाइने निर्णय गरेको कतारस्थित नेपाली दूताबासले जनाएको छ ।

काम बन्द नभएका क्षेत्रका श्रमिकलाई भने नियमित रुपमा करार सम्झौता अनुसार नै आधारभुत तलब सुविधा उपलब्ध गराउन कतारको सरकारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले जनाएको छ । क्वारेण्टीनमा परेका र सङ्क्रमित भई उपचारमा रहेको श्रमिकले भने बिरामी बिदा उवलब्ध भए पनि, नभए पनि तलब सुविधा पाउनेछन् ।

कुनै कम्पनीले मन्त्रालयको निर्देशन उल्लङ्घन गरेको पाइएमा कतारको कानुनअनुसार कारवाही अगाडि बढाइने जानकारी आएको दूताबासले जनाएको छ । कतारमा भाइरस संक्रमितको संख्या ४ हजार १ सय ३ जना पुगेको छ । अहिले सम्म ७ जनाको मृत्यू भएको छ भने ३७ जनाको अवस्था गम्भीर रहेका छन् । अहिलेसम्म ४ सय १५ जना पूर्णरुपमा निको भएर घर फर्किएका छन् भने अहिलेसम्म ५६ हजार ३ सय ८१ जनाको स्वास्थ्य जाँच गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *