भारतमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु ।

अन्तर्राष्ट्रिय

नयाँ दिल्ली- गएको २४ घन्टायता भारतमा ९९१ कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १४ हजार ३७८ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाइएको छ ।

भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ९९२ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ ११ हजार ९०६ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४३ रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४८० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *