यी हुन् जनकपुरमा पैसा फालेर कोरोनाको संत्रास फैलाउने दुबै महिला, परे प्रहरीको फन्दामा

समाचार

६ बैशाख । काठमाडौं : जनकपुरको सडकमा पैसा फालेर कोरोना फैलाउने संत्रास फैलाएका दुईजना महिला पक्राउ परेका छन् ।

शुक्रवार दिउँसो एकबजे तिर दुईजनाको समूहमा रहेको ती महिलाहरुले १० रुपैयाँको नोटहरु छरेर भागेका थिय।दुबै महिलाको परिचय भने प्रहरीले खुलाएको छैन । केहि बेर पश्चात दुबैजना महिलालाई सार्वजनिक गर्ने धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

ती नोटबाट कोरोना संक्रमण हुनसक्ने भएकोले उक्त नोट बरामद गरी परिक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *