बाटोमा पैसा फाल्दै भाग्ने महिलालाई देखियो कोरोना पोजेटिभ ।

समाचार

काठमाडौ, बैशाख ६ -जनकपुरधामको महावीरचोकको बाटोमा पैसा छरेर फरार भएका दुई महिलालाई र्‍यापिड डायग्नोस्टिक टेस्ट आरडिटी गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ निवासी आमुना खातुन र अलिना खातुनलाई आरडिटी परिक्षण् गर्दा दुई महिला मध्ये एक महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

ती महिलाले शुक्रबार दिउँसो वडा नं ५ महावीर चोकको सडकका विभिन्न ठाँउमा रु पाँच, रु १० र रु १०० दरका नोट छरेर फरार भएका थिए । प्रहरीले सिसिटिभी फुटेजका आधारमा उनिहरु दुबैलाई शनिवार पक्राउ गरेको हो । पक्राउ गरेका आमुना खातुन र अलिना खातुनलाई कोरोना टेष्ट गरिएको थियो ।

आज २ः३० बजे जानकी नगरबाट पक्राउ गरिएका उनीहरुको र्‍यापिड डायग्नोस्टिक टेस्ट गर्दा एक महिलामा कोरोना पोजेटिभ देखिएको हो । पोजेटिभ देखिएपछि अहिले प्रदेश अस्पतालमा ती महिलाको पीसीआर विधिबाट नमूना ९स्वाब० परीक्षण भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *