म आफ्नो बोली र व्यवहारमा प्रतिबद्ध छु,म देस बनाउन आयको हु,कमाउन हैन : प्रधानमन्त्री ओली

समाचार

काठमाडौं, ७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पैसा कमाउनको लागि राजनीतिमा नआएको स्पष्ट पारेका छन् । उनले आफू बोली र व्यवहारमा प्रतिबद्ध व्यक्ति भएको समेत विश्वास दिलाएका छन् । रासससँगको विशेष कुराकानीमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

राससले कोभिड–१९ को उपचारका निम्ति हालसम्म औषधि वा खोपको त विकास भएको छैन । तर, पिपिइदेखि अन्य परीक्षणका सामग्रीको पनि राम्रोसँग व्यवस्थापन हुनसकेको छैन । अर्कातिर खरिदको विषय पनि विवादमा छ । यसलाई कसरी लिनुभएको छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् ।

उनले भनेका छन्,हामीले कतिपय होटलमा जाँदा त्यहाँ एक प्रकारको धुन बजिरहेको सुन्छौँ । त्यो सुमधुर धुन हो तर नेपालमा एकथरि कर्कस धुन मात्र निकालिरहने समूह छन् । मैले पटक–पटक भनेको छु, मेरो र यो सरकारको भ्रष्टाचारविरुद्धको प्रतिबद्धताका बारेमा, म भ्रष्टार गर्दिनँ र हुन दिन्न भनेर । मैले शेषपछि हुने गरी मेरो र श्रीमतीको नामको सम्पत्ति ट्रष्टका नाममा दान गरिसकेको छु ।

मेरो श्रीमतीले ३३ वर्ष बैंकमा काम गरेर बचत गरेको र अहिले मेरो तलब नै मेरो सम्पत्ति हो । मलाई पैसा कमाउनु छैन । म कमाउन यहाँ आएको होइन, देश बनाउन आएको हुँ । म बोली र व्यवहारमा प्रतिबद्ध छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *