अमेरिकामा बाघमा कोरोना भाइरस देखा परेपछि अपनाइयो यस्तो सतर्कर्ता !

अन्तर्राष्ट्रिय

काठमाडौँ, बैशाख ७ – संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित एक पोथी बाघमा कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण भएपछि कोरोना मानिसमा मात्र नभई जनावरमा सरेको पुष्टि भएको छ । चार वर्षे मलायन पोथी बाघमा कोरोनाको सङ्क्रमण भेटिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।

चीनको वुहानबाट देखिएको कोरोना भाइरस चमेरो, समुद्री माछा वा सालकबाट मानिसमा सरेको अनुमान छ । यसरी जनावर हुँदै मानिस र फेरि जनावरमा सङ्क्रमण हुँदा भाइरसको स्वरूप र क्षमतामा कस्तो परिवर्तन हुनसक्छ भन्ने कुरा अनुसन्धानको विषय बनेको छ ।
मानिसबाट बाघमा सरेको कोरोना सङ्क्रमणको तत्कालीन असर र भविष्यमा त्यसको प्रभाव कस्तो रहन्छ अध्ययन भइरहेको छ । यसरी जनावरमा सरेको खबरले नेपालका वन्यजन्तु संरक्षणकर्मीमा चिन्ता छाएको छ ।

यो खबरसँगै नेपालको एक मात्र सदर चिडियाखाना जाउलाखेलमा रहेका पशुपन्छीको हेरचाहमा थप सतर्कता अपनाउन थालिएको छ । “अमेरिकाको बाघमा मानिसबाट सरेको भनिएकाले हामीले थप सावधानी अपनाउनुपर्ने भएको छ,” चिडियाखानाका प्रमुख डा। चिरञ्जीवी पोखरेलले भन्नुभयो ।

उहाँका अनुसार त्यसरी जनावरमा सर्दा फेरि अन्य जनावरमा सर्छ कि सर्दैन भन्ने बारेमा अन्यौल छ । चिडियाखाना यही चैत ७ गतेदेखि सार्वजनिक अवलोकनका लागि बन्द छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *