लकडाउनमा भोकभोकै रहेका मजदुरलाई बल्छी धुर्बेले गरे सहयोग

समाचार

काठमाडौ, बैशाख ७ – लकडाउनका कारण भोक भोकै रहेका मजदुरलाई कलाकारले सहयोग गर्दै आएका छन् । लकडाउनको ज्यालादारि गरेर खाने मजदुर यतिबेला मर्कामा परेका छन् । भने कति पय पैदल हिडेर घरजान बाध्य भएका छन् । यस्तै अभिनेता पल शाहले पनि चलचित्र उद्योगमा काम गर्ने २ सय ज्यालादारी मजदुरलाई आर्थिक सहयोग गरेका छन् ।

भने उनिसंगै करिश्मा मानन्धरले पनि कोठा भाडामा बस्ने आर्थिक अवस्था कमजोर भएका मानिसहरुलाइ राहत वितरण गरेकी छिन् । ज्याला मजदुरी गर्दै आइरहेका परिवारलाई चर्चित हास्यकलाकार मरिचमान श्रेष्ठ अर्थात ‘बल्छी धुर्बेले पनि खाद्यान्न सहयोग गरेका छन् । उनले लकडाउनका कारण काम थप्प भएका कारण उनिहरुको सहयोग गरेको बताए ।

उनले भने ‘उहाँ मैले फुटसल बनाउँदा मेरोमा काम गर्न आउनु भएको थियो । त्यसैकारण म उहाँ हरुलाई सहयोग गरेको हु । नेपालमा कोरोनाका संक्रमणका संख्या बढदै गएपछि थप लकडाउन गरिएको छ । बल्छीले लकडाउन नखुल्ने दिन सम्म उनिहरुको खर्च सम्म बेहोर्ने घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *