खुसी को खबर: नेपाल कोरोना सन्क्रमित भटाभट निको हुने क्रममा ।युवाहरू मात्र नभई ६५ र ८१ वर्षका बृद्धा आमाहरुले पनि कोरोनालाई जिते।

समाचार

यतिबेला कोभिड–१९ का सङ्क्रमण भटाभट स्वस्थ्य भएर घर फर्किन थालेपछि नेपालीले खुशी भएका छन् । लगातार कोभिड–१९ सङ्क्रमण भएको अवस्थामा तीनजना सङ्क्रमित पूर्ण स्वस्थ्य भएर घर फर्किएपछि खुशी भएका हुन् । ३१ सङ्क्रमितमध्ये चारजना निको भएर घर फर्किसकेका छन् ।

शुक्रबार उदयपुर १२ र चितवनमा दुईजना एकैसाथ देखिएपछि त्रास भएका नेपाली २४ घण्टामा तीन बिरामी पूर्णरुपमा स्वस्थ्य भई घर फर्किएपछि खुशी भएका हुन् । त्यसभन्दा अगाडि चीनको वुहानबाट आएका एक सङ्क्रमित पहिले नै स्वस्थ्य भएर घर फर्किसकेका थिए ।

बाग्लुङकी ६५ वर्षीया महिलामा दम र उच्चरक्तचापको बिरामी भए पनि सङ्क्रमणलाई जितेर घर फर्किनु र ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत रहनुभएका ८१ वर्षीया महिलाको पनि स्वास्थ्य सामान्य नै रहेको छ । ती दुई उदाहरणले सङ्क्रमणसँग लड्न नेपालीमा साँच्चै नै आत्मबल र उपचार पद्धतिको प्रक्रिया राम्रो भएको चिकित्सकले बताएका छन् ।

अर्को कुरा समयमा नै सरकारले बन्दाबन्दी ९लकडाउन० गरेपछि नेपालमा सङ्क्रमण फैलिन पाएन । तैपनि नेपालमा लोकल टान्समिशन भएर दोस्रो चरणमा कोभिड–१९ सङ्क्रमण देखिएको छ । नेपालमा समयमा नै उपचार पद्धति र बिरामीको आत्मबलले नै कोभिड–१९ को सङ्क्रमणलाई जितेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहकार डा खेम कार्की बताउनुहुन्छ ।

पूर्णरुपमा स्वस्थ्य भई घर फर्किएका तीनैजना बिरामीले पनि सरकारको उपचारमा राम्रो तयारी र आफ्नो आत्मबलले कोभिड–१९ को सङ्क्रमणलाई जितेको बताएका थिए । यो २४ घण्टामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत रहनुभएका काठमाडौँकी प्रसिद्धि श्रेष्ठ घर फर्कनुभएको छ । उहाँ फ्रान्सबाट गत चैत ४ गते नेपाल आउनुभएको थियो । चैत १० गते कोभिड–१९ को सङ्क्रमण देखिएपछि ११ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।

यसैगरी हिजो राति नै धौवलागिरि अञ्चल अस्पतालमा उपचारत रहनुभएका बागलुङ घर भएकी कोभिड–१९ सङ्क्रमित ६५ वर्षीया पनि डिस्चार्ज हुनुभएको छ । आज धनगढीको सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार गराइरहनुभएका लम्की चुहाका २१ वर्षीय युवक पनि स्वस्थ्य भएर घर फर्कनु भएको छ । उहाँमा गत चैत २२ गते सङ्क्रमण देखिएपछि अस्पतालमा भर्ना हुनुभएको थियो ।

टेकु अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बिरामी पूर्णरुपमा स्वस्थ्य भएर घर फर्किएकामा खुशी लागेको बताउनुभयो । उहाँले शरीरसँग लड्ने क्षमता भएका कारणले चाँडो निको भएको बताउनुभयो । सङ्क्रमित भएकामा पनि कोही पनिलाई सघन उपचार कक्षमा लगेको उपचार गर्नु परेको छैन उहाँले भन्नुभयो, सबैलाई आइसोलेशनमा राखेर उपचार गरिरहेका छौँ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अस्पतालका निर्देशक डा राजभण्डारीले टेकुमा उपचार गराइरहेका अर्का एकजनामा पनि सामान्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार ती बिरामी सोमबार र मङ्गलबार कोभिड–१९ को परीक्षण नतिजाका आधारमा डिस्चार्ज गरिने छ ।

मन्त्रालयका विज्ञ सल्लाहकार डा कार्कीले बिरामीलाई समयमा नै अस्पताल पु¥याएको र अस्पतालमा रहेको प्राविधिक दक्ष जनशक्तिका कारण सङ्क्रमितलाई दुर्घटनाबाट जोगाउन सकिएको बताउनुभयो । उहाँले सबै बिरामीमा भएको आत्मबलले नै कोभिड–१९ को सङ्क्रमणलाई जितेको बताउनुभयो । “हामी कहाँ कोही पनि बिरामी सिकिस्त छैनन्”, उहाँले भन्नुभयो, सङ्क्रमण पछि निको भएका बिरामीले पनि आत्मबलले कोभिड–१९ लाई जितेको पाइयो । हामी नेपालीमा आत्मबल नै बढी भएकाले निको भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *