इक्वेडरमा कोरोनाबाट मृत्यु हुने हजारौँकाे लासहरू सडक मा अलपत्र।

अन्तर्राष्ट्रिय

एजेन्सी, ८ वैशाख । दक्षिण अमेरिकी मुलुक इक्वेडरमा कोरोना भाइरसका कारण हजारौँको मृत्यु भएको जनाइएको छ । त्यहाँ आधिकारिक रूपमा कोरोनाका कारण ४ सय ३ जनाको मात्र मृत्यु भएको बताइए पनि त्यहाँको एक प्रान्तले दिएको तथ्यांक भने डरलाग्दो रहेको बिबिसीले जनाएको छ ।

इक्वेडरको गुवायस प्रान्त सरकारले दिएको रिपोर्टका अनुसार यसै अप्रिलको दुई सातामा मात्रै त्यहाँ कोरोना भाइरसका कारण ६ हजार ७ सय जनाको मृत्यु भएको छ बिबिसीले लेखेको छ । उक्त प्रान्त त्यहाँको सबैभन्दा बढी प्रभावित शहर समेत हो ।

एक हृदयविदारक दृश्यहरु देखिने भिडियो प्रकाशित गर्दै त्यहाँ यत्रतत्र लासहरु छरिएको बताएको छ । मानिसहरूले कोरोनाबाट मृत्यु भएकाहरूको शवलाई पाँच दिनसम्म पनि घरमै राख्न बाध्य भएको तथा सडकमा लासहरु छोडेर हिड्ने गरेको सो भिडियोमा देखाइएको छ ।

सरकारी अधिकारीहरू ठूलो संख्यामा रहेका शव व्यवस्थापन गर्न नसकेपछि घर तथा सडकमै प्लास्टिकमा बेरेर लासहरु छोडिदिएका छन् । गत हप्तादेखि अधिकारीहरूले त्यहाँका बासिन्दाहरूलाई लास प्याक गर्नका लागि हजारौं कफिन वितरण गर्न सुरू गरे । त्यसैगरी कफिन आवश्यक परेकाको सहयोगको लागि त्यहाँ एउटा हटलाइनको समेत व्यवस्था गरिएको जनाइएको छ ।

इक्वेडरमा व्यापक परीक्षणको समेत अभाव छ । यसर्थ यहाँ बाहिर आएभन्दा कैयौँ गुणा धेरै संक्रमण फैलिसकेको हुन सक्ने र हजारौँले ज्यान गुमाएको हुनसक्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *