लकडाउनको पूर्णपालना, नेपालगञ्जमा ४ बजेपछि बजार सुनसान ।

समाज

नेपालगञ्ज , ८ वैशाख । सोमवार अपरान्ह ४ बजेपछि नेपालगञ्ज बजार सुनसान थियो ।लकडाउनको २८ औं दिन जिल्ला प्रशासन कार्यालय बाँकेले अपरान्ह ४ बजेपछि औषधि पसल बाहेक पूर्णरुपमा पसल बन्द गर्ने भनेपछि बजार सुनसान देखिएको हो ।

बजार पूर्णरुपले बन्द छ भने बजारका चोकचोकमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी तैनाथ अवस्थामा छन् ।बजारका गल्ली गल्लीमा प्रहरीले निगरानी गरी आवतजावत गर्ने नागरिकलाई सोधपुछ गर्दै आएको छ । विना कारण लकडाउन उल्लंघन गर्ने नागरिकलाई प्रहरीले पक्राउ गरी कारवाही समेत थालेको छ ।

सोमवारदेखि औषधि पसल बाहेक कुनै पनि पसल नखोल्न जिल्ला प्रशासन कार्यालय बाँकेले निदेशन दिएको थियो । सोही अनुसार नेपालगञ्ज बजार सुनसान देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *