स्पेनमा कोरोना जितेर बसेका नेपाली ले आरु कोरोना पिडितहरूलाई नै सहयोग गरे ।

अन्तर्राष्ट्रिय

भोला लामिछाने , स्पेनको बार्सिलोनामा कोरोना लागेर उपचारपछी निको भई अहीले आफ्नै परिवार सगै घरमा आराम गरेका विष्णुरिजालले कोरोना पिडितहरूको लागी ५१ यूरो बराबरको खाद्यान्न सहयोग गरेका छन,।

नेपालमा अर्घाखाँची स्थायी घर भएका रिजाल लोमो समय परिवारसगै स्पेनको बार्सिलोना बस्दै आई यहाको नेपाली समुदायलाई सक्दोसहयोग गर्दै आईरहेका छन् । रिजाल स्पेनका नेपाली समुदायका लागी खोलिएका बिभीन्न संघ संस्थाहरूमा आवद्द पनी रेहका छन् ।उनले स्पेनमा अवेधानीक रूपमा रहेका नेपाली समुदायहरूलाई स्पेनमा पहिलो हाम्रो नेपाल हामी नेपाली संस्थाले पिडीतहरू पहिचान गरीघरमै लगेर राहत वितरण गरेको देखेपछी सहयोग गरेको हु रिजाल बताउछन् ।

त्यसै गरी बाग्लुड ज़िल्ला घर भै हाल जर्मनको मुन्चेन शहरमा बसोबास गर्ने कुन्दन कुमार के सी ले पनी स्पेनका कोरोना पिडितलाईसहयोग गरेका छन् । स्पेनमा नेपालीहरू निकै पिडामा रहेको देखेर मन थाम्न सकिन र ५१ यूरो बराबरको खाद्यान्न सहयोग गरेको हु के सीसे भने ।

स्पेनको म्याड्डीडबाट मनिषा मल्ल श्रेष्ठ ले ५१ यूरो बराबरको खाद्यान्न सहयोग गरेकी छन् । स्पेन आएको भर्खरै ३ वर्ष  ६ महिना भएकोबताउने श्रेष्ठ नेपालमा पाटन ८  स्थायी घर हो । श्रेष्ठ नेवा पास पुच म्याड्डीमा कल्चर कार्यक्रमहरूमा सक्रीय रहदै आएकी छन् । परेकोखन्ठमा नेपाली समुदायको लागी सहयोग गर्नुपर्ने सोचराख्दै प्रवासमा सबै मिली एकजुट भएमा समाजमा ठुला ठुला कामहरू गर्न सकिनेबतउछीन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *