अन्तरास्ट्रिय बजारमा पहिलो पटक कच्चा तेलको मूल्यमा पानी भन्दा सस्तो ।

अन्तर्राष्ट्रिय

काठमाडौं, ९ बैशाख । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड)को मूल्यमा हालसम्मकै भारी गिरावट आएको छ । कोरोनाभाइरसको महामारीका कारण तेलको मूल्यमा गिरावट आएको हो ।

न्यूयोर्कमा कच्चा तेलको मूल्यमा अहिलेसम्मकै सबैभन्दा ठूलो गिरावट रेकर्ड गरिएको छ । २० अप्रिलमा न्यूयोर्कको तेल बजारमा ठूलो हलचल आयो ।

यहाँ कच्चा तेलको मूल्य यतिसम्म कम भयो कि सिलबन्दी पानीभन्दा पनि सस्तो भएको अन्तर्राष्ट्रिय समाचार माध्ययमले जनाएको छ । अहिले आएको गिरावट मे महिनामा आपूर्ति गरिने पेट्रोलियमको लागि हो । यहाँ युएस बेन्चमार्ककै रेकर्ड गिरावट आएको हो ।

मे महिनामा आपूर्ति गरिने तेलको मूल्य एक समय झरेर १.५ं डलर प्रतिब्यारल भयो । यो कच्चा तेलको मूल्यमा एक दिनमा ९० प्रतिशत गिरावट हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *