कोरोनाका कारण नेपालमा कसैको मृत्यु भए यसरी गरिनेछ शव व्यवस्थापन, नेपाली सेनाद्वारा कृत्रिम अभ्यास ।।

राष्टिय

काठमाडौ, बैशाख ९- नेपाली सेनाले कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनसम्बन्धी कृत्रिम अभ्यास गरेको छ । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा आज सेनाले शव व्यवस्थापनका विषयमा सो अभ्यास गरेको हो ।

पोखरा–१४ स्थित एक व्यक्तिको कोरोनाका कारणले मृत्यु भएको काल्पनिक घटनालाई आधार मान्दै सेनाले सुरक्षित रुपमा शव व्यवस्थापनका लागि अपनाइनुपर्ने उपायबारे प्रस्तुतीकरण दिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *