अमेरिकी राष्ट्रपति ट्रम्पको चीन को बारेमा गरेको ट्वीटले चीनभर हलचल ।

अन्तर्राष्ट्रिय

कोरोना भाइरसले अमेरिकामा भन्दा चीनमा धेरै मानिसको मृत्यु भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दावी गरेका छन् । कोरोना भाइरसले मृत्यु हुनेको संख्या संसोधन गरेको तथा दिनानुदिन चीनमा कोरोना भाइरसबाट मृत्यु हुने संख्या पुनः बढिरहँदा ट्रम्पले यस्तो दावी गरेका हुन्।

उनले शुक्रबार ट्वीट गर्दै अमेरिकामा भन्दा चीनमा कोरोनाले बढी मानिसको मृत्यु भएको दावी गरेका हुन् । ट्रम्पले आफू चीनसँग खुशी नरहेको समेत बताएका छन् । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको नियमित ब्रिफिङ्गको क्रममा ट्रम्पले आफू चीनसँग खुशी नरहेको बताएका हुन् ।

चीनले कोरोना भाइरसका कारण विश्वमा पर्न सक्ने चुनौतीबारे समयमै सचेत नगराएको आरोप ट्रम्पको छ । यस्तै ट्रम्पले विभिन्न राज्यमा भएका प्रदर्शनहरुको समर्थन पनि गरेका छन् । लकडाउनले जनजीवन कष्टकर भएको विरोधमा अमेरिकाका विभिन्न राज्यहरुमा प्रदर्शन भएपछि ट्रम्पले त्यसमा समर्थन गर्दै लकडाउन खुकुलो पार्नुपर्ने बताएका हुन् ।

यो सँगै चीनमा ज्यान गुमाउनेको संख्या ४ हजार ६३२ पुगेको छ । शनिबार बिहान यो समाचार तयार पार्दासम्म चीनमा ८२ हजार ६९२ जना संक्रमित छन् । २४ घण्टाको अवधिमा ३२५ नयाँ संक्रमित फेला परेका छन् । संक्रमितमध्ये ७७ हजार ९४४ उपचारपछि घर फर्किएका छन् भने ११६ जनाको उपचार भइरहेको छ । उनीहरु मध्ये ८९ जनाको अवस्था गम्भीर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *