एउटा फिल्म खेलेको यती धेरै करोड भारु लिन्छन वरुण धवन । पूरा समाचार हर्नुहोस ।

चलचित्र

एजेन्सी – विगत सात वर्षदेखि हिट फिल्म दिँदै आएका बलिउड अभिनेता वरुण धवनलाई एकपछि अर्को फिल्मको प्रस्ताव आएपछि उनले राम्रा फिल्म मात्र गर्ने भएका छन् । यसैबीच उनले आफ्नो पारिश्रमिक पनि करिब दोब्बरले बढाएका छन् । यसअघि एउटा फिल्ममा १८ करोड भारतीय रुपैयाँ लिएका यी अभिनेताले अहिले आफ्नो पारिश्रमिक बढाएर ३३ करोड पु¥याएका छन् ।

निर्देशक रेमो डिसुजाको नयाँ फिल्म ‘स्ट्रिट डान्सर’ थ्रीडीका लागि उनले यो पारिश्रमिक बढाएका हुन् । वरुणले यो फिल्मका लागि ६ महिनाभन्दा बढी समय नियमित रूपमा डान्सको विशेष क्लास लिनुपरेको थियो ।राजधानी दैनिकमा खबर छ । ४० करोडमा यो फिल्ममा काम गर्ने भनिए पनि उनले ३३ करोडमा यो फिल्म खेलेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *