कोरोना नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भए परिवारलाई दश लाख दिने निर्णय ।

समाचार

खोटाङ, १० वैशाख- हलेसी तुवाचुङ नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई रु दश लाख दिने निर्णय गरेको छ ।

नगरपालिकाले भाइरसको रोकथाम तथा व्यवस्थापनका क्रममा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई प्रोत्साहन भत्तासम्बन्धी कार्यविधि तयार पारी प्रोत्साहन भत्तासमेत प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख इवन राईले बताउनुभयो ।

नगरकार्यपालिकाको बैठकले कोरोना रोकथाम तथा व्यवस्थापन गर्न नगरपालिकाबाट विनियोजित बजेट रकमान्तर गरेर नगरस्तरीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रण, राहत वितरण तथा क्वारेन्टाइन सञ्चालनलगायत अत्यावश्यक स्वास्थ्य सामग्री खरीद गर्न बजेट नभएकाले अन्य शीर्षकको बजेट कोषमा जम्मा गरेर खर्च गर्ने तयारी गरिएको हो ।

नगरकार्यपालिकाको बैठकले अन्यत्रबाट घर आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा राख्न वडास्तरीय समन्वय समितिलाई जिम्मेवारी दिने, चैतयता घर आएका स्थानीयवासीलार्ई ¥यापिड डाइग्नोष्टिक टेष्टका लागि अनिवार्य उपस्थित गराउन समन्वय गर्नेलगायत निर्णयसमेत पारित गरेको छ । यसैबीच जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने उक्त नगरपालिकामा चैतयता विदेशबाट घर फर्किएर होम क्वारेन्टाइनमा बसेका २३ व्यक्तिमा सोमबार गरिएको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *