वैशाख १५ पछि लकडाउन हटाउने प्रधानमन्त्रीको संकेत !

समाचार

काठमाण्डु, १० वैशाख– प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरस (कोसिभड–१९) का लगाइएको लकडाउनको मोडेल परिवर्तन हुने बताएका छन् । सुदूरपश्चिम प्रदेशबाट संसदमा प्रतिनिधित्व गर्ने नेकपा सांसदहरुसँग बुधबार बालुवाटारमा भएको सामूहिक छलफलमा ओलीले संक्रमण नदेखिएका स्थानमा लकडाउन अन्त्य गर्न सकिने संकेत गरे । ‘लकडाउनको मोडेलमा केही परिवर्तन हुन्छ’,ओलीको भनाइ उद्धृत गर्दै डोटीका सांसद प्रेम आलेले काठमाण्डुटुडेसँग भने,‘नयाँ संक्रमित नदेखिएको ठाउँमा क्रमशः लकडाउन हटाउन सकिन्छ । आलेका अनुसार प्रधानमन्त्रीको संकेत काठमाण्डु थियो ।

काठमाण्डुमा एक युवतीमा कोभिड–१९ पुष्टि भएकामा निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेकी छन् ।‘प्रधानमन्त्रीले ठ्याक्कै स्थान त खुलाउनुभएन’, आलेले भने, ‘तर हामीले के बुझ्यौं भने अब वैशाख १५ गतेपछि नयाँ संक्रमित देखिएनन् भने काठमाण्डु खुल्छ ।’

आलेका अनुसार हाल बन्द रहेकमा भारतसँगका नाका भने नखुल्ने प्रधानमन्त्रीले स्पष्ट गरे । ओलीले महामारी फैलने सम्भावना कायम रहेसम्म नाका नखोलिने स्पष्ट गरे । भारतमा संक्रमण बढिरहेकाले नेपालसँग जोडिएका भारतीय नाका खोल्नु प्रत्युत्पादक हुने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *