कोरोना भाइरस बिरुद्ध भारत नेपाली जन्ताको साथ मा छ । भारतीय प्रधानमन्त्री मोदि ।

अन्तर्राष्ट्रिय

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको लडाँईमा भारतमा नेपाली जनतासँग एकजुट भएर उभिएको बताएका छन् ।

बुधबार नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएलगत्तै मोदीले भारत नेपालको साथ रहेका बताएका हुन् ।

‘हाम्रो बन्धन केबल मजबुत मात्र छैन, जरा पनि बलियोसँग गडेको छ’ मोदीले ट्टिवरमार्फत् भनेका छन्, ‘भारत कोभिड-१९ को महामारीविरुद्ध लड्न नेपाली जनता र नेपाल सरकारसँग एकजुट भएर उभिएको छ ।’

भारतले कोभिड-१९ विरुद्ध लड्न नेपाललाई २३ टन औषधि सहयोग गरेको छ । सो सहयोग बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले हस्तान्तरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *