सरकारको आलोचना गरेको अभियोग मा पुर्बसचिब भीम उपाध्याय पक्राउ ।

समाचार

काठमाडाैं, ११ वैशाख । काठमाण्डौ – सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् ।ललितपुरको कुसुन्तीमा रहेको निवासबाटै प्रहरीले उनलाई बुधबार साँझ पक्राउ गरेको हो ।

उपाध्यायले फेसबुक र ट्विटरबाट अफवाह फैलाउने गरी प्रचारबाजी गरेकाले पक्राउ गरिएकाे बताइएकाे छ । पछिल्लो समय उपाध्यायले सामाजिक सञ्जालबाट सरकारको तीव्र आलोचना गर्दै आएका छन् ।

उपाध्यायको केही दिनअघि स्वास्थ्य मन्त्रालयका सचिव यादव कोइरालासँग सामाजिक सञ्जालमा गालीगलौजकै शैलीमा वादविवाद पनि गरेका थिए । पछिल्लो समय उनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नै टिप्पणी गर्दै आएका थिए ।

साइबर अपराधको कसुरमा आज काठमाडौं जिल्ला अदालतमा उपाध्यायलाई उपस्थित गराइने प्रहरी स्रोतले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *