आज आमाको मुख हेर्ने दिन, आजै दुई नेपाली आमाले कोरोनालाई जितेर घर फर्किए !

समाचार

काठमान्डौ , आज आमाको मुख हेर्ने दिन । आज नै दुई आमाले कोरोनालाई जितेर घर फर्किएका छन् । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्‍ने ८१ वर्षीया वृद्धा कोरोनालाई जितेर घर फर्किएकी हुन्। पाटन अस्पतालको आइसोलेसनमा उपचाररत उनी आफ्ना ५२ वर्षीय छोरोसँगै कोरोनालाई जितेर घर फर्किएकी हुन्। चैत ४ गते बेलायतको लण्डनबाट आएकी उनी, छोरा र बुहारीमा र्‍यापिड टेस्टमा कोरोना देखिएको थियो। त्यसपछि भएको पीसीआर परीक्षणमा आमा र छोरालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो।

तर बुहारीमा भाइरसको संक्रमण देखिएको थिएन। संक्रमण हटेपछि आमा छोरालाई बिहीबार डिस्चार्ज गरिएको छ।यस्तै सुदूरपश्‍चिमकी कोरोना संक्रमित वृद्धा पनि कोरोनालाई जितेर आजै घर फर्किएकी छन्। लम्की चुहा नगरपालिका वडा नम्वर १ घर भएकी महिलालाई आज सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो ।उनको पनि लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका प्रबक्ता जगदिश जोशीले जानकारी दिए । उनी विरगञ्जबाट आएर १२ दिन क्वारेन्टाईनमा बसेकी थिईन् भने चैत २२ गते कोरोना पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *