वैशाख १२ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल ।

राशीफल

माघ १४ गते मंगलबारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चोरी वा ठगीमा परिने समय छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु होला । अनावश्यक दौडधुपमा समय बित्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रमाइलो यात्रा हुने सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । कीर्तिमानी काम गर्ने समय छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मेहनतले आम्दानी बढाउनेछ । आय स्रोत बढ्ने र उठ्नु पर्ने रकम हातलागी हुने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइपर्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
स्वास्थ्य सबल रहनेछ । काममा पनि फाइदाको योग छ । व्यापारमा भने कम मात्र फाइदा होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ, तर पनि नसोचेको रोगले भने सताउने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *