एसीपी बन्दै बलिउड अभिनेत्री लारा दत्ता ।

चलचित्र

मुम्बई -अभिनेत्री लारा दत्ता कमेडी एक्सन वेभ सिरिज ुहन्ड्रेडु मा पहिलो पटक प्रहरी अधिकृतको भूमिका निर्वाह गर्दैछिन्। आफ्नो भूमिका पुरुषको संसारमा जीवित राख्न आफूले कडा मेहनत गरिरहेको उनले बताएकी छन्। सिरिजमा लारा एसीपी सौम्या शुक्लाको रूपमा देखिने छिन्।आफ्नो रोलबारे लाराले भनिन्, ुयो सो एक शिथिल जोडी र उनको जीवनमा आउने उथलपुथलको रोमाञ्चक र मनोरञ्जक कथा हो। निर्माताले मनोरञ्जक तरिकाबाट एक्सन र ह्युमर जीवन्त बनाएका छन्।

ुयो सोमा काम गर्नुको पछाडि धेरै कारण छन्। तिनीहरूमध्ये अहिलेसम्म प्रहरीको भूमिका निर्वाह नगर्नु पनि एक हो। पुरुषको संसारमा टिक्ने पूरै कोसिस गरिरहेकी छुु, उनले भनिन्।अन्नपुणै पोष्टमा खबर छ ।

यसको सहनिर्देशन रुचि नारायण, आशुतोष शाह र ताहिर सब्बिरले गर्दैछन्। करण वाही, सुधांशु पाण्डेय, परमित सेठी, रोहिणी हट्टनगिनी, अरुण नलावडे र मकरन्द देशपाण्डे कलाकारले यसमा अभिनय गर्दैछन्। आठ एपिसोडको यो सिरिज डिज्नी हटस्टार भीआईपीमा २५ अप्रिलमा रिलिज हुँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *