बाँकेमा एकै स्थानमा तीन बालकको श`व फेला । घटना रहस्यमय ।

समाचार

नेपालगञ्ज, १२ बैशाख । बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं २ पितमारीस्थित नालामा तीन बालककोे डुबेर मृत्यु भएको छ ।

बिहीबार दिउँसो पौडी खेल्न गएका तीनै जना डुबेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मृत्यु हुनेमा पितमारी बस्ने १२ वर्षीय नरेश कुँवर र १२ नवीन परियार तथा ११ वर्षीय अनित रावत रहेको बताइएको छ ।

प्रहरीका अनुसार शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *