भुकम्प जाँदा धरहरा बाट खसेर बाँचेकी रमिला श्रेष्ठ यसो भन्छिन्, फेरि भुकम्प गायको सपना देखे (भिडियो सहित्)

समाज

काठमाण्डौँ- कुरा गर्दागर्दै रमिला श्रेष्ठ एकछिन टोलाउँथिन् र हामीलाई भनिरहन्थिन् ‘मलाई पहिलाको कुरा धेरै नगर्नु न डर लाग्छ ।’ उनको अनुहारमा तनावका धर्सा देखिएपछि हामीले पनि भूकम्पका विषयमा उनलाई धेरै सोध्न उचित ठानेनौँ । तर, कुरा गर्दै जाँदा उनी आफैँ प्रसंग निकाल्थिन् र सन्दर्भ लम्बिँदै जान्थ्यो । तीन दिनअघि उनले फेरि भूकम्प गएको सपना देखिन् ।

यो तीन वर्षमा उनले भूकम्प गएको सपना सयौँपटक देखिसकिन् । बिहानपख उनलाई बेस्सरी खाट हल्लिएजस्तो हुन्छ र उनी असिनपसिन हुँदै उठ्छिन् । यो खबर नयाँ पत्रिका दैनिकमा उल्लेख गरेको छ ।(भिडियो हेर्नुहोस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *