फेसबुकबाट जरायोको सुकुटी खान निम्ता दिने पुन नियन्त्रणमा ।

समाचार

दाङ, १२ बैशाख । जरायोको सुकुटी खान फेसबुकमार्फत निम्ता दिने एक व्यक्तिलाई वन कार्यालय दाङले नियन्त्रणमा लिएको छ ।

गढवा गाउँपालिका वडा नम्बर ६ निवासी ३५ वर्षीय शिवराज पुनलाई डिभिजन वन कार्यालयल देउखुरीले आज नियन्त्रणमा लिएको हो ।

पुनले विहीबार फेसबुकमा ‘लकडाउनको सदुपयोग गरौँ, मेरो घरमा जरायोको सुकुटी खान आउनुस् स्वागत छ’ भनेर स्ट्याटस पोष्ट गरेका थिए ।

उनको उक्त पोष्टको विषयमा डिभिजन वन कार्यालय देउखुरीमा सूचना पुगेपछि पुनलाई नियन्त्रणमा लिएरन अनुसन्धान थालिएको डिभिजन वन प्रमुख प्रविण बिडारीले जानकारी दिनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार कानूनी कारबाहीको प्रकृया अघि बढाइएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *