दमकमा बिदेशबाट आएका छोरामा कोरोना देखिएन तर ६२ वर्षीय बाबु कसरी भए संक्रमित ?

राष्टिय

दमक/ झापाको दमकका एकजानमा कोराना पुष्टि भएको बताईएको छ ।

झापा दमक निवासी कोरोना संक्रमित ती व्यक्ति ६२ वर्षका रहेका छन् । उनका छोरा केही समयअगाडी दुवइबाट नेपाल आएका थिए ।

तीनजनाको आरडिटी परीक्षणमा पोजेटिभ आएपछि स्वाब परीक्षणका लागि धरान पठाईएको थियो ।

बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा भएको परीक्षणमा झापाका ६२ बर्षका पुरुषलाई कोरोना भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ ।

आज भेटिएका बिरामीको आइसोलेशनमा उपचार भइरहेको छ । सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

छोरालाई कोरोना पोजेटिभ नदेखिएर बाबुलाई कसरी कोरोना देखियो भन्ने प्रश्नले झापा दमकबासी चिन्तित भएका छन् । आरडिटी परिक्षणमा पोजेटिभ देखिनुको अर्थ कुनै न कुनै समय ती व्यक्ति कोरोनाको संक्रमित भएको पुष्टि हुन्छ । यदी आरडीटिमा पोजेटिभ र पिसिआरमा नेगेटिभ आयो भने ती व्यक्तिले अरु व्यक्तिलाई कोरोना सार्न सक्दैनन् भन्न बुझाइ छ ।

किन देखिन्छ आरडीटीमा पोजेटिभ तर पिसिआरमा नेगेटिभ ?

हाल यस्ता धेरै केसहरु छन् जसमा आरडीटी टेष्ट पोजेटिभ आएको छ भने रियल टाईम पिसिआर टेष्ट नेगेटिभ आएको छ ।

आरडीटी पोजेटिभ आउनु र पिसिआर नेगेटिभ आउनुको अर्थ उक्त व्यक्तिलाई ३ हप्ता अगाडी कोरोनाभाईरस संक्रमण भएको र हाल उ कुनै पनि व्यक्तिमा कोरोनाभाईरस सार्न नसक्ने अवस्थामा रहेको बुझिने विज्ञहरुको बताउँछन् ।

यदि आरडीटी नेगिटिभ र पिसिआर पोजेटिभ आउँछ भने त्यसको मतलब उक्त व्यक्ति भर्खरै मात्र काेभिड-१९ बाट संक्रमित भएको हो भन्ने बुझिन्छ । दुवै नतिजा पोजेटिभ आउनुको अर्थ उक्त व्यक्ति कम्तिमा पनि दुई हप्ता अगाडि संक्रमण भएको बुझिन्छ ।

अब प्रश्न उठ्छ विदेशबाट आएका झापा दमककमा युवकमा आरडीटी पोजेटिभ देखियो तर पिसिआर नेगेटिभ देखियो यसको अर्थ ती व्यक्तिमा ३ हप्ता अगाडी नै कोरोना भाइरस संक्रमण भएको थियो जुन उनको बाबुमा सरेको अनुमान लगाउन सकिन्छ । के ती व्यक्तिले अरु व्यक्तिमा कोरोना सारेका छैनन् त ? यो प्रश्नको उत्तर पाउन ती व्यक्तिसँग सम्पर्कमा रहेका सम्पूर्ण मानिसहरुको परिक्षण गर्नुपर्दछ । नभए कोरोना दोस्रो वा तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना बलियो रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *