जुम्लामा उद्याेगवाणिज्य संघ अध्यक्षले नै मूल्य बढाएर सामान बेच्ने गरेको व्यावसायीको आरोप

समाचार

जुम्ला, १३ बैशाख । उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष रज्जब अलि मनिहारले सामानको मूल्य बढाएर बेचेको पाइएको छ । उनी आफूले बेच्दै आएको तेल प्रति काटुन एक सयदेखि एक सय बीस रुपैयाँ बढी मोलमा बेचिरहेको उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीले आरोप लगाएका छन्।

अति आवश्यक बस्तुको पास बनाएर सिमेन्ट, चुरोट, रक्सि लगायतका अनावश्यक सामग्री भित्राएको पाइएको हो। केही दिन अगाडी अध्यक्ष मनिहारले जुम्ला बजारमा झारेको तेल महंगोमा बेचेको पाइएको थियो ।

उधोगवाणिज्य संघका अध्यक्षले अनावश्यक सामग्री ल्याउन पनि पास दिने तर अन्य व्यावसायीलाई खाद्य बस्तु ल्याउन पनि नदिएको भन्दै जुम्लाका अन्य व्यापारिहरुले उधोगबाणिज्य संघको कार्यालय घेरेका थिए।

सरकारले लकडाउन अवधिमा अत्यावश्यक सामाग्री ढुवानी गर्न दिने निणय गरेपछि जुम्लामा सस्तोमा जनताको घरघरमा खाद्यन्न चामल र ग्यास ल्याउने गाडिलाई प्रशासनले नियन्त्रणमा लिने गरेको र अध्यक्षले आफ्नो गाडिमा अत्यावश्यक नभई सिमेन्ट, चाउचाउ, रक्सि, चुरोट र ब्याट्रि लगायतका सामग्री बोकेको गाडीलाई प्रशासनले छोडिदिएपछि व्यवसायीहरु प्रशासन र उध्योग वाणिज्य संघ प्रति अक्रोशित बन्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *