तनहुँमा २ समूह बिच झडप भयपछि बेपत्ता भएका २९ वर्षीय पविन गुरुङ ३ दिन पछि मिर्त अबस्था जंगल मा फेला परे ।

समाचार

तनहुँको भानु नगरपालिकाको वडा नम्बर ५ र ६ को सिमाना नाबरुङ्ग स्थित फापरपानी खोल्सामा एक युवक मृत अवस्थामा भेटिएका थिए । भानु(१ भन्सार निवासी २१ वर्षीय पविन गुरुङ मृत अवस्थामा खोल्सामा भेटिएका हुन् ।

गत बुधबार (वैशाख ९ गते) स्थानीय युवा बीच झडप भएको र उक्त झडप पछि सम्पर्कमा नआएका गुरुङ बिहीबार फापरपानी खोल्सामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सामान्य भनाभनको निहुँमा युवा बीच झडप भएको प्रारम्भिक अनुसन्धानमा बुझिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता लिलाराज लामीछाने ले बताए । स्थानियको भनाइ अनुसार बेलुकी एक पसलमा बसेर खाएको र उक्त ठाउका केटाहरु आएपछि उक्त घटना भएको स्थानिय हरु बताउछन । उक्त घटनामा भानु-५ का वडा अध्यक्ष प्रकाश मल्ल(टाइसन) सहित १६ जना युवा संलग्न भएको आशंकमा अनुसन्धानका लागि हिरासतमा राखेको तनहु प्रहरी प्रवत्ता लामीछानेले बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *