सरकारद्वारा विश्व बैंक समूहबाट १० करोड डलर ऋण लिने निर्णय ।

समाचार

काठमाडौं, १३ बैशाख । सरकारले विश्व बैंक समूहबाट १० करोड डलर ऋण लिने निर्णय गरेको छ ।विश्व बैंक समूहबाट यो ऋण लिनका लागि नेपाल सरकारले वार्ता टोली गठन गर्न अर्थ मन्त्रालयलाई स्वीकृति समेत दिई सकेको जनाइएको छ ।

कोरोना महामारीका कारण सरकारी दायित्व बढ्ने भएकाले यस्तो ऋण लिन लागिएको मन्त्रालयले जनाएको हो । राजस्व संकलन ठप्प भएपछि सरकारले वैदेशिक ऋण तथा सहायता लिने रणनीति बनाएको हो ।

यसअघि सरकारले बजेटरी रुपमा खर्च गर्न पाउने गरी सहुलियत ऋणका लागि एसियाली विकास बैंक एडीबीसँग पनि प्रस्ताव गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *