कोरोनाबाट मृत्यु हुनेभन्दा निको हुनेको संख्या ४ गुणा बढी : मृत्यु हुने २ लाख, निकाे हुने ८ लाख(तालिका सहित)

समाचार

काठमाडाैं, १४ वैशाख । महामारीको रुप लिएको कोरोना संक्रमणबाट विश्वभर अहिलेसम्म जति मानिसको ज्यान गएको छ, सो भन्दा चार गुणा बढी मानिसहरु उपचारपछि निको भएका छन् ।

विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ३ हजार २५५ पुगेको छ । संक्रमण हुनेको संख्या भने २९ लाख २० हजार ३७८ पुगेको छ ।

सङ्क्रमितमध्ये ८ लाख ३६ हजार ६७९ जना भने उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ४.१२ गुणा बढी रहेकाे छ । याे समाचार तयार पारिसक्दासम्म काेराेना संक्रमितमध्ये २८.६४ प्रतिशत निकाे भएकाे छ भने ६.९५ प्रतिशत मृत्यु भएकाे छ ।

पछिल्लाे २४ घण्टमा मात्रै विश्वभर काेराेनाबाट ६ हजार बढीले ज्यान गुमाएका छन् भने झण्डै एक लाख नयाँ काेराेना संक्रमित थपिएका छन् । शनिबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार ७४ थियाे भने संक्रमण हुनेको संख्या भने २८ लाख २७ हजार ८१६ थियाे ।

अहिले १८ लाख ८० हजार ८०४ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५८ हजार २०२ जनाको अवस्था भने गम्भीर रहेको छ ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ५४ हजार २५६ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्रै २ हजार बढीकाे मत्यु भएको छ भने ३५ हजार बढी जना नयाँ संक्रमित भेटिएका छन् ।

अहिलेसम्म त्यहाँ संक्रमितकाे संख्या ९ लाख ६० हजार ६५१ पुगेको छ । तीमध्ये एक लाख १८ हजार १६२ जना पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ७ लाख ८८ हजार २३३ बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १५ हजार ११० काे अवस्था गम्भीर रहेको छ ।

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा इटाली पर्छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २६ हजार ३८४ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख ९५ हजार ३५१ जना कोरोनाबाट संक्रमित भएका छन् ।

शनिबार मात्रै इटालीमा ३ हजार ३५७ नयाँ संक्रमित भेटिएका छन् भने ४१५ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ६३ हजार बढी पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ एक लाख ५ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ भने २ हजार बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

यता जर्मनीको अवस्था पनि उस्तै छ । अहिलेसम्म जर्मनीमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ५६ हजार ५१३ पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ५ हजार ८७७ पुगेको छ । अहिले जर्मनीमा ४० हजार ८३६ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ९ हजार ८ सय भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।

कोरोनाले सताएको अर्को देश हो बेलायत । अहिलेसम्म बेलायमा कोरोनाका कारणा २० हजार ३१९ जनाको ज्यान गइसकेके छ भने संक्रमितकाे संख्या १ लाख ४८ हजार ३७७ पुगेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख २७ हजार बढीमा कोरोना सक्रिय रहेको छ ।

यता टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या एक लाख साढे ७ हजार पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ हजार ७०६ सय जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये २५ हजार ५८२ जना भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ७९ हजार ४८५ जनामा काेराेना सक्रिय रहेकाे छ ।

इरानमा टर्कीमा भन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ५ हजार ६५० पुगेकाे छ । अहिलेसम्म त्यहाँ साढे ८९ हजार ३२८ संक्रमित भएका छन् । संक्रमितमध्ये ६८ हजार १९३ बढी निकाे भएका छन् ।

कोरोनाको उद्गम स्थल चीन भने अहिले ८०१ मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७७ हजा ३९४ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ८२७ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *