तत्काल सरकार हटाउन नसके प्रधानमन्त्री ओलीसँगै नेकपा पनि डुब्ने : डा.बाबुराम भट्टराई ।

समाचार

काठमाडाैं, १४ वैशाख । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष (नवगठित जनता समाजवादी पार्टी नेपालका नेता) डा. बाबुराम भट्टराईले तत्काल सरकार परिवर्तन गर्नु पर्ने बताउनु भएकाे छ ।

डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तत्काल हटाउन नसके प्रधानमन्त्री ओलीसँगै नेकपा पनि डुब्ने बताउनुभयाे । न्युज २४ सँग कुरा गर्दै उहाँले भन्नुभयाे, ‘ नेकपाले प्रधानमन्त्री ओलीलाई तत्काल हटाउन सकेन भने उहाँसँगै नेकपा पनि डुब्छ, त्यो त नेकपाका साथीहरूले सोच्ने कुरा हो ।’

प्रतिपक्षी दलहरूले पनि यसबारे गम्भीर ढंगले आवज उठाउनु पर्ने उहाँकाे तर्काे छ । ‘हामी प्रतिपक्षी दलहरुले पनि लोकतन्त्रको निम्ति यसलाई गम्भीर ढंगले उठाउनै पर्छ,’ पूर्वप्रधानमन्त्री भट्टराईले भन्नुभयाे, ‘अपहरणमा प्रत्यक्ष संलग्नलाई कारबाही गरिएन भने लोकतन्त्र नै असुरक्षीत हुन्छ ।’

अविश्वास प्रस्ताव वा संघर्षबाट हटाउनुको विकल्प छैन‘

प्रधानमन्त्री ओलीकाे नाैतिकता भए उहाँ आफैले राजिनामा दिने पनि बताउनुभयाे । ‘प्रधानमन्त्रीको नौतिकता छ भने त उहाँ आफैले राजिनामा दिइहाल्नु हुन्छ,’ भट्टराईले भन्नुभयाे, ‘उहाँको नैतिकता नै छैन भने त अर्कै कुराे ।’

नेकपाले विधिगत ढंगबाट संसदीयल दलको नेतालाई फेरेर आफ्नो सरकार परिवर्तन ल्याउन सक्ने पनि उहाँले बताउनुभयाे । ‘नेकपा पाटीले नै विधिगत ढंगबाट संसदीयल दलको नेतालाई फेरेर आफ्नो सरकार परिवर्तन गर्न सक्छ,’ उहाँले भन्नुभयाे,’ यदि यसो हुन सक्दैन भने नेकपाभित्र जो लोकतन्त्र, सुशान र सदाचारप्रति प्रतिबद्धता मान्छे हुनुहुन्छ उहाँहरुले अविश्वसको प्रस्ताव ल्याउने र हामी प्रतिपक्षी दलहरु मिलेर उहाँलाई अविश्वको प्रतावले हटाउने ।’

नेकपाले संसदीयल दलको नेतालाई फेरेर आफ्नो सरकार परिवर्तन गर्न सकेन भने र अविश्वसको प्रस्ताव पनि ल्याएन भने संर्घषमार्फत प्रधानमन्त्री ओलीलाई हटाउनु पर्ने समेत उहाँले बताउनुभयाे । ‘नेकपाले सरकार परिवर्तन गरेन भने र अविश्वसको प्रस्ताव पनि ल्याएन भने जनता, नागरिक समाज र आन्दोलकारीहरुले संर्घषमार्फत नै फेरी एउटा परिवर्तन ल्याउनु पर्छ,’ उहाँले भन्नुभयाे, ‘त्यो नगरे देश गम्भीर दुर्घटनतिर जान्छ र अन्तराष्ट्रिय रुपमै देशको वेजत हुने देख्छु ।’

‘प्रधानमन्त्रीको चिन्नत, मनन देश र जनताको निम्ति हुनुपर्छ‘

कोरोनाले विश्व आतंकीत भएको बेलामा देशको प्रधानमन्त्रीको चिन्तन, मनन देशको जनताको निम्ति हुनुपर्ने उहाँले बताउनुभयाे । ‘कोरोनाले विश्व आतंकीत भएको बेलामा देशको प्रधानमन्त्रीको चिन्नत, मनन देशको जनताको निम्ति हुनुपर्ने हाे तर उहाँकाे चिन्तन चाहिँ विपक्षी पार्टीलाई कसरी फुटाउने भयाे ।’

डा. भट्टराईले प्रधानमन्त्रीकाे बुद्धि बसिबियालो र मनरोञ्जन लागि भएकाे समेत आरोप लगाउनुभयाे । ‘प्रधानमन्त्रीकाे बुद्धि बसिबियालो मनरोञ्जन जस्तो देखियाे, एक्लै बस्ने अनि यस्तो उटपट्याङ गरेर मजा लिने, आन्द लिने भन्ने सोच,’ उहाँले भन्नुभयाे ।

‘पार्टी फुटाएर अर्को सरकार गठन गर्नु कालिदास जस्तै‘

प्रधानमन्त्री ओलीले पार्टी फुटाएर अर्को सरकार गठन गर्ने साेच राख्नु भनेकाे कालिदास जस्तै भएकाे पनि डा. भट्टराईले बताउनुभयाे । ‘उहाँले पार्टी फुटाएर चाहिँ के गर्नु हुन्छ ? दुईतिहाइको सरकार चलाउन नसक्नेले ४० प्रतिशत फुटाएर र ५/७ जना मान्छे चोरेर बनाएको सरकार चाहिँ स्थिर सरकार हुन्छ ? त्यसले देश विकास, समृद्धी र सुशासनको लागि केही पर्ने गर्न सक्दैन, डा. भट्टराईले भन्नुभयाे ।

प्रधानमन्त्री जस्तो मान्छेले अरुको पार्टी फुटाउनको लागि षड्यन्त्र गर्नु नहुने पनि उहाँले बताउनु भयो ।

सरकारले सोमबार जारी गरेका दल विभाजनको प्रावधान खुकुलो बनाउने र संवैधानिक परिषद्‍सम्बन्धि अध्यादेश प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले फिर्ता लिएकाे थियाे ।

‘सांसद अपहरण अन्तराष्ट्रिय मुद्दा हुन सक्छ‘

सांसद सुरेन्द्र यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएकाे मुद्दा अन्तराष्ट्रिय मुद्दा पनि बन्न सक्ने उहाँले बताउनुभयाे । ‘देशको कार्यकारी प्रमुखले राष्ट्रपतिलाई समेत मुछेर राष्ट्र प्रमुख र सरकार प्रमुख मिलेर देशको संविधान, लोकतन्त्र विपरीत हर्कत गर्ने र अपहरण जस्तो विषयमा संलग्न हुने भन्ने विषयमा यदि हामीले हल गर्ने सकेनौं भने भोलि गएर अन्तराष्ट्रिय मुद्दाकाे विषय बन्छ ,’ उहाँले भन्नुभयाे ।

यसअघि पार्टी फुटाउने योजनासहित प्रधानमन्त्री ओलीकै संलग्नतामा समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई पूर्वआइजिपी सर्वेन्द्र खनाल, नेकपाका सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याएका थिए ।

‘ओलीलाई सत्ताबाट हटाएर गम्भीर छानविन गर्नुपर्छ‘

पूर्वप्रधानमन्त्री भट्टराईले प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाएर सबै घटनाको गम्भीर छानविन गर्नुपर्ने माग पनि गर्नुभयाे । ‘प्रधानमन्त्री ओलीलाई सत्ताबाट हटाएर सबै घटनाको गम्भीर छानविन गरेर अपराधिलाई कारबाही नगर्ने हो भने देशमा सुशासन, सदाचार र लोकतन्त्र कायम हुँदैन,’ उहाँले भन्नुभयाे ।

लडेर ल्याएको लोकतन्त्रलाई प्रधानमन्त्री ओलीले उल्ट्याउने, पल्ट्याउने काम गर्नुभयो आराेप पनि उहाँले लगाउनुभयाे । ‘संवैधानी अंगलाई स्वतन्त्र निष्पक्ष बनाउनु पर्नेमा आफ्ना आसेपासे भर्ति गर्ने र सबैलाई मुद्दा लगाएर आतंकीत बनाइदिने ढंगले अध्यादेश ल्याउने र आफै अपरहण कार्यमा मुछिनु यो लोकतन्त्र विपरीत, अनौतिक र अराजनीतिक कार्य हो,’डा. भट्टराईले भन्नुभयाे, ‘त्यसैले उहाँलाई दण्डित गरिनुपर्छ, सजया दिनुपर्छ ।’

‘अहिले सबैकाे ध्यान कोरोनाविरूद्ध लाग्नुपर्छ‘

अहिले सबैकाे ध्यान कोरोनाविरूद्ध लाग्नुपर्ने पनि उहाँले बताउनुभयाे । ‘अहिले सबैकाे ध्यान काेराेनविरद्ध लाग्नु पर्ने हाे तर प्रधानमन्त्रीले चाहिँ अपहरणतिर ध्यायन लगाउनु भएछ । यस्ताे महामारीकाे बेला प्रधानमन्त्री जस्ताे मान्छेले यस्ताे गर्न निन्दनिय छ, खेदजनक छ,’ उहाँले भन्नुभयाे ।

ओलीलाई प्रधानमन्त्रीबाट छिट्टै हटाएर बाटोलाई ट्रयाकमा ल्याउनु पर्ने पनि उहाँले बताउनुभयाे । ‘नेपाली जनता र नेकपाको अर्शिवादले उहाँलई सत्ता पुर्‍यायाे तर अहिले उहाँले चाहिँ जनताको र अफ्नो पाटीको टाउकोमा हात राखेर भस्म बनाउने तिर जानुभएको छ,’ डा. भट्टराईले भन्नुभयाे,’ अब प्रधानमन्त्री ओलीलाई छिट्टै हटाएर बाटोलाई ट्रयाकमा लिएर जानुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *