हामी कोरोना उत्पत्तिबारे अनुसन्धान गर्न दिँदैनौं : चीन

अन्तर्राष्ट्रिय

काठमाडौं। कोरोना भाइरसको उत्पत्तिबारे स्वतन्त्र अनुसन्धानको मागलाई चीनले अस्वीकार गरेको छ। याे माग राजनीतिक पूर्वाग्रहले प्रेरित रहेकाे भन्दै चीनले अस्वीकार गरेकाे हाे।

बेलायतका चिनियाँ शीर्ष कूटनीतिज्ञ चेन वेनले बीबीसीसँग भनेका छन्, ‘यो माग राजनीतिक पूर्वाग्रहले प्रेरित छ र याे कोरोना भाइरसविरुद्ध चीनको लडाइँ कमजोर पार्ने षड्यन्त्र हाे।’

कोरोना भाइरसबारे सुरुमै जानकारी नदिएर विश्वलाई धोका दिएको आरोप चीनलाई लागिरहेको छ। गत डिसेम्बर अन्तिम साता चीनको उहान सरहको एक पुशपक्षी बजारबाट कोरोना भाइरस उत्पन्न भएको बताइन्छ।

युरोपेली संघको रिपोर्टले पनि चीनले कोरोना भाइरससम्बन्धी सही जानकारी दिन नचाहने आरोप लगाएको छ। यस्तै आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको निरन्तर आलोचना गरिरहेका छन्।

श्रीमान पब्जी खेल्न नजान्ने परेपछि श्रीमतीले मागिन् सम्बन्ध विच्छेद काठमाडौं । अहिले पब्जी मोबाइल खेलको बारेमा थाहा नपाउने कमै होलान् । पब्जी खेल अहिले पछिल्लो पुस्तामा निकै लोकप्रिय भैरहेको छ । पब्जीकै कारण भारतमा अहिलेसम्म १० भन्दा बढी घटना घटिसकेको छ । त्यसैगरी १६ जनालाई गिरफ्तार गरिएको छ ।

गुजरातमा प्रतिबन्धपछि पनि पब्जी खेलेका कारण १६ जनालाई गिरफ्तार गरिएको थियो । अहिले फेरि गुजरातमै पब्जीको लत लागेकी एक महिलाले पतिसँग सम्बन्ध विच्छेद चाहेकी छिन् । पब्जीकै कारण कसैको सम्बन्ध विच्छेद हुन लागेको यो पहिलो पटक हो ।

अहमदाबादमा रहने १९ वर्षीया महिलाले पतिसँग सम्बन्ध विच्छेद चाहेकी हुन् । उनको एक वर्षभन्दा कम उमेरकी एउटी छोरी पनि छिन् । ती महिलाले राज्यको महिला हेल्पलाइन ९१८१० मा फोन गरेकी थिइन् ।

उनी आफ्नो फैसलाप्रति अडिग छिन् र यो फैसलाका पछाडि घरेलु विवाद नरहेको पनि उनले बताएकी छिन् । ‘१८ वर्षको उमेरमा उनको एक निर्माण व्यवसायीसँग विवाह भएको थियो र उनी चाँडै नै एउटी बालिकाको आमा बनिन्’ काउन्सलरले भने ।

उनले पतिसँग सम्बन्ध विच्छेदको चाहना गर्दै पब्जी खेल्ने साथीसँग रहने इच्छा व्यक्त गरेकी छिन् । रिपोर्टका अनुसार, ती महिला एक प्रतिष्ठित परिवारसँग सम्बन्धित छिन् ।

पब्जी खेल्ने क्रममा अहमदाबाद शहरकै एक युवकसँग प्रेममा परेको र केही समय अघिदेखि उसँगै मिलेर पब्जी खेल्दै आएको ती महिलाले बताएकी छिन् । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *