लकडाउनकै बीच कोरियाले नेपाली कामदार लैजाने, को–को जान पाउँछन् ?

राष्टिय

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका बीच कोरियाली नेपाली कामदारलाई दक्षिण कोरिया लैजाने भएको छ । त्यसको लागि नेपाल सरकारले अनुमति दिएको छ । आज आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपाली कामदारलाई दक्षिण कोरिया जाने मार्ग प्रशस्त गर्ने निर्णय गरेको छ । दक्षिण कोरियाले लकडाउनकै बीचमा भएपनि माग अनुसार भाषा परिक्षण उत्तिर्ण गरेर बसेका कामदार लैजाने आशय व्यक्त गरेपछि सरकारले बाटो खोलेको जनाइएको छ ।

नेपाल र दक्षिण कोरियाको सम्झौता अनुसार इपिएस अन्तर्गतका भाषा परिक्षा उत्तिर्ण गरेर प्रतिक्षा सूचिमा रहेकाहरुलाई कोरिया लैजान अनुमति दिने निर्णय आज बसेको मन्त्रिपरिषदको बैठकले गरेको सूचना प्रविधि तथा सञ्चार मन्त्री तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उक्त निर्णय अनुसार कोरियाली भाषा परिक्षा उत्तीर्ण गरेर बसेकाहरु मात्रै कोरिया जान पाउनेछन् ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै उनले जारी लकडाउन बिहिवार मध्यराति १२ सम्मका लागि बढाइएको जानकारी दिए । त्यसैगरी अन्तर्राष्ट्रिय सीमा नाकाहरु आवागमन स्थगन गर्ने निर्णय बैशाख ३१ गते मध्यरातिसम्मको लागि बढाइएको जानकारी दिएका छन् ।समाज अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *