कञ्चनपुरमा बाडिले बगाउँदा एक वृद्ध भइन वेपत्ता ।

समाचार

कञ्चनपुर १६ वैशाख । साेमबार कञ्चनपुरकाे दक्षिणी क्षेत्रमा पर्ने दोदा नदीमा बाढीले बगाएर एक जना बेपत्ता भएका छन् । नदिमा अचानक आएको बाढीले लालझडी गाउपालिका १ विनवारीका अन्दाजी ६० वर्षिय राधु रानालाई बगाएको हाे ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता रबेन्द्र पाैडलका अनुसार साेमबार अपरान्ह तिर खाेला तर्ने क्रममा राना व्यपत्ता भएका थिए । अहिले उनको खाेजि कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरकै मध्यवर्ती क्षेत्रतिर सोमबार विहानदेखि परेको हावाहुरी र असिनासहितको पानीले केही वस्तीहरु डुवानमा परेका छन् ।

केही दिनदेखि नेपालमा कायम रहेको पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर बदलीसँगै वर्षा हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *