खुसिको खबर : लकडाउन उल्लंघनको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा ।

समाचार

अभियन्ता ज्ञानेन्द्र शाही रिहा भएका छन् ।सर्बोच्च अदालतमा भएको थुनछेक बहस पछि शाही रिहा भएको श्रोतले बताएको छ ।बिगत आठ दिन देखि प्रहरी हिरासतमा रहेका शाही अदालतको फैसला संगै रिहा भएका हुन् ।लकडाउन उल्लंघनको आरोपमा प्रहरीले ललितपुरकाे सुनाकोठीबाटबाट उनलाई मंगलबार पक्राउ गरेको थियो ।यस अघि पक्राउ परेका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाहीलाई २४ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको थियो ।

अधिवक्ता इन्द्रप्रसाद अर्यालले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आइतवार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले पक्राउ गर्नुको आधार र कारणसहित बन्दी शाहीलाई उपस्थित गराउन आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *