आइहाल्छु भनेर हिडेका श्रीमान अझै सम्म फर्केर आएनन्, सासु बुहारी फोटो हेर्दै रुँदै (भिडियो हेर्नुस्)

भिडियो

तम्घास । समाज जति विकसित हुँदैछ त्यती नै परिवार विग्रिएका, भत्किएका समाचार धेरै आइरहेका छन् । भनिन्छ सबै कुराको दुई पाटो हुन्छ । विकासको पनि यो अर्को पाटो हो । परिवार एक्लिएको छ, समाजमा अपनत्व भन्ने चिज गुमेको छ तर पनि हिँजोको तुलनामा आजको जिवन अलि सहज छ । मानिसलाई बाँच्नकै लागि हिँजो जस्तो श्रम अलि कम गर्नुपरेको छ । तर यो सिमित ब्यक्तिमा मात्र लागू हुन्छ । धेरै युवा परिवारको खुसी खोज्दै विदेशीएका छन् । त्यसरी विदेशिएका युवाको नेपालमा रहेको परिवार भने भताभुँग भएका छन् ।

तर यहि समाजमा यस्तो पनि परिवार छ जसले ९ वर्ष देखि आफ्नो श्रीमानको बाटो हेरेर बसेकी छन् । एक महिला आफुलाई छोडेर जाने श्रीमानकै परिवार सम्हालेर बसेकी छन् । तर ९ वर्ष देखि श्रीमानको भने अत्तोपत्तो छैन । सासु बुहारी उनैको तस्बिर हेरेर संगै रुन्छन् ।

युट्युववाट धेरै परिवारको मिलन भएको देखेकी उनले पनि एक जना युट्युवरलाई बोलाइन् र आफ्ना श्रीमानलाई खोजिदिन आग्रह गरिन् । अर्जुन नाम गरेका ति पुरुष भर्खर आउँछु भनेर घरवाट हिडेका थिए । तर ९ वर्ष सम्म पनि फर्केर आएनन् ।

कमला पाण्डे (श्रीमती) टिकादेवी पाण्डे(आमा) अर्जुनलाई पर्खेर ९ वर्ष देखि बसेका हुन् । विहान उठेर चिया खाएर एकछिनमा आउँछु भनेर हिडेका हुन् । उनीहरुबीच परिवारमा केही अनमन पनि भएको थिएन । झगडा गरेर गएको भए विर्सन हुन्थ्यो,केही भएको थिएन,विहान चिया खाएर प्रशासनको गाडी चलाउनेसंग संगै निस्केका अहिले सम्म नआएपछि अझै कुरेर बसेका छौं,कमलाले भनिन् ।

उनले आफ्ना श्रीमान जिवितै रहेको र फर्केर आउने आशमा बसेको बताएकी छन् । धेरै दिन सम्म नआएपछि उनीहरु निकै ठाउँमा खोज्न पनि गए । जसले जहाँ देखेको छ भने त्यहीँ खोज्न जाँदा पनि नभेटेको बताइन् । आमाको ८४ पुजा लगाउँदा पनि नआएपछि भने उनको मनमा शंका लागेको उनले बताइन् ।

अहिले त छोराछोरी पनि ठूला भइसके, विवाह गरेर सबै आफ्नो बाटो लागे अहिले सासु बुहारी मात्र घरमा छन् । आफै वृद्ध हुने बेला भइसक्यो वृद्ध आमाको स्याहार गरेर बसेको बताएकी छन् । तम्घास होटल ब्यवसाय गरेर बसेका उनलाई अर्जुन माइलादाई भनेर सबैले चिन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *