आज नायिका पूजा शर्माको जन्मदिन, शुभकामनाको दिनेको ओइरो ।

चलचित्र

काठमाडौं / नेपाली चलचित्र क्षेत्रकी लोकप्रिय अनि चर्चित नायिका पूजा शर्माको आज जन्मदिन परेको छ। कोरोना भाइरसबाट बच्न घरमै लकडाउनको पालना गरेर बसेकी नायिका शर्माले आज आफनो २८ औँ जन्मदिन मनाउँन लागेकी हुन।

‘थ्री लभर्स’ नामक चलचित्रबाट आफनो यात्रा सुरुवात गरेकी पुजा बिषेशगरी प्रेम गीत र राम कहानी को सफलतापछि चर्चामा पुगिन। म यस्तो गीत गाउँछु र राम कहानी मार्फत चलचित्र निर्माणमा समेत हात हालेकी हुन् ।

चैत २३ गतेबाट देशव्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्र “म यस्तो गीत गाउँछु २’कोरोना भाइरसको कारण स्थगित भएपछि अहिले नायिका पूजा शर्मा फुर्सदमा छिन् । तर,उनको सामाजिक सञ्जालमा भने झनै चुलिएको छ ।

केही समय अगाडि लकडाउनको प्रभावमा परेका चलचित्र प्राविधिक परिवारलाई नायिका शर्माले घरमै पुगेर राहत वितरण गरेकी थिइन् । त्यसपछि अर्की नायिका सुष्मा कार्की सँग नाम जोडेर अहिले फेरि पूजा शर्मा जताततै चर्चा चलिरहेको छ ।

नायिका पूजा शर्माको जन्म १९९२ मा आजकै दिन सिन्धुपाल्चोकमा भएको हो । नेपाली चलचित्रमा नायिका शर्माले २०१२ देखि पाइला चालेकि हुन्। उनको पहिलो चलचित्र हो ”थ्री लभर्स” दोस्रो चलचित्र ‘अझैपनि” हो,त्यसपछि नायिका शर्मा सन्तोष सेनद्वारा निर्देशित चलचित्र प्रेमगीत बाट ह्वात्तै चर्चामा आएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *