बारा मा भारत को दिल्ली बाट आयका ३ जना नेपालीमा कोरोना संक्रमण, संक्रमित संख्या ५७ पुग्यो ।

समाचार

काठमाडौ, बैशाख १७ – विश्वभर महामारिका रुपमा फैलएको कोरोनाका कारण नेपालमा पािन संक्रमितको संख्या बढदै गएको छ । त्यस्तै हिजो मंगलबार मात्रै रौतहटका २४ र ३५ वर्षीय दुई पुरुषमा कोरोनाको पुष्टि भएको थियो । भने आज पनि थप तीन जनामा कोरोनाको संक्रमण देखिएको छ ।

आज थप तीन जनामा कोरोना संक्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५७ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगन्ज र बाराका ३ जनामा कोरोना संक्रमण देखिएको हो । भने पूर्णरुपमा स्वस्थ्य भएर १६ जना घर फर्किएका छन् । अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा रहेका छन् ।

दिल्लीबाट घर फर्किएका उनिहरु २ जना बाराका हुन् भने अर्को एक जना वीरगन्जका हुन् । कोरोना संक्रमित । ३ जना कोरोना संक्रमितलाई नारायणी अस्पताल लैजाने तयारी गरिएको श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *