बलिउड पुरै सोख मा,अभिनेता इरफान खानको निधन ।

समाचार

काठमाण्डाै : बलिवुड अभिनेता इरफान खानकाे निधन भएकाे छ । पछिल्लाे केही दिनदेखि इरफानकाे स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मङ्गलबार उनलाई सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएकाे थियाे।

निर्देशक शूजित सरकारले ट्वीट गर्दै इरफान खानकाे निधन भएकाे जानकारी दिएका हुन् । इरफान ५४ वर्षका थिए । मङ्गलबार अस्पतालले पनि इरफानकाे स्वास्थ्य अवस्था नाजुक भएकाे बताएकाे थियाे । उनलाई श्वास लिन पनि अप्ठ्याराे भइरहेकाे अस्पतालले जनाएकाे थियाे ।

इरफान खानले आफ्नाे अभिनय काैशलका कारण बलिवुडमा छुट्टै छाप छाेडेका थिए । निर्देशक शूजित सरकारले ट्विटमा लेखेका छन्,‘मेराे साथी इरफान,तपाईँले धेरै लड्नुभयाे,मलाई तपाईँप्रति सधैँ गर्व रहनेछ । हामी अर्काे पटक फेरि भेट्नेछाैँ ।ईश्वरले तपाईँकाे आत्मालाई शान्ति प्रदान गरुन् र तपाईँकाे परिवारलाई पनि सहनशक्ति प्रदान हाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *