इरफान खानको निधले अमिताब बच्चन दुखी, भने बलिउडकै एक महत्वपूर्ण योगदानकर्ता भगवानको प्यारो भए ।

अन्तर्राष्ट्रिय

एजेन्सी -बलिउड अभिनेता इरफान खानको आकस्मित निधनको खबरले बलिउड शोखको घडिमा पुगेको छ । उनको बुधबार को रकोकिलाबेन अस्पतालमा निधन भएको हो । केहि समय पहिला आमा गुमाएका खानको ५४ बर्षको उमेरमा आज निधन भएको हो । खानका प्रवक्ताका अनुसार इरफानको मृत्यु मुम्बइस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो ।

सन् १९८८ मा एकाडेमी अवार्डमा मनोनयनमा पर्न सफल “सलाम बम्बे” बाट चलचित्र क्षेत्रमा इरफान प्रवेश गर्नु भएको थियो । यो चलचित्र मुम्बईका सडक बालबालिकाको कथामा आधारित थियो ।

सन् २०१८ मा इरफानलाई क्यान्सर भएको पत्ता लागेको थियो । खानको अल्पायूमै भएको निधनप्रति भारतीय चलचित्र क्षेत्रका व्यक्तित्वहरुले दुःख प्रकट गरेका छन् । उनको निधन प्रति अभिनेता अमिताभ बच्चनले पनि दुख ब्यक्त गरेका हुन् उनले स्टाटसमा बलिउडकै एक महत्वपूर्ण योगदानकर्ता हामिबाट चाडै छोडेर गएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *