काँग्रेसका कार्यकर्ताद्धारा वडाध्यक्षमाथि कुट`पिट,उ`प`चारका लागि काठमाडौं लगियो ।

समाचार

कालिकोट,१८ बैशाख।नेपाली काँग्रेसका कार्यकताले पचालझरना गाउँपालिका १ का वडाध्यक्ष रत्नलाल न्यौपानेलाई कुटपीट गरेका छन् । काँग्रेस कार्यकर्ताको कुटाइबाट गम्भीर घाइते भएका वडाध्यक्षलाइ उपचारका लागि काठमाडौं लगिएको छ ।

न्यौपानेको टाउको र छातीमा गम्भीर चोट लागेको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताउनु भयो।एक महिना अघि वडामा उपभोक्ता समिति निर्माण गर्दा एकलौटी गरेको आरोपमा स्थानीय कार्यकर्ताले कुटपीट गरेको शिक्षक शंकर न्यौपानले जानकारी दिनुभयो।

वडाध्यक्ष माथिको आक्रमण सिंगो गाउँपालिका माथिको आक्रमण भएको भन्दै गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले बताउनु भयो । यसअघि काँग्रेसका कार्यकर्ताले नेकपाका नेता ललिजन शाही र पचालझरनाका पार्टी सचिव मर्मजन बमलाइ समेत कुटपीट गरेको नेकपाका पचालझरना गाउँपालिका अध्यक्ष पौरख बिश्वकर्माले बताउनु भयो ।

घटनामा संलग्न ५ जनालाइ पक्राउ गरिएको र आवश्यक अनुसन्धान गरी कानूनी कारवाही गरिने डीएसपी स्यामबाबु ओलीले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *