कोरोना कहर:उपभोक्ताको भान्सा महँगियो,माग र आपूर्ति घट्दा पनि महँगी ७ प्रतिशतको हाराहारीमा ।

समाचार

काठमाडौँ । कोरोना भाइरस महामारीका कारण यतिखेर विश्व नै प्रभावित छ । कोरोनाकै कारण नेपालीको जनजीवन निकै कष्टकर बनिरहेको छ ।

कोरोनाका कारण बन्द बजारमा उत्पादन,आपूर्ति र बजार व्यवस्थापनको व्यवधानले बजार सन्तुलन र अर्थतन्त्रमै गम्भीर समस्या आउने त होइन भन्ने शङ्का जन्माएको छ।कोरोनाका कारण बजारमा बढ्दो महँगीले सर्वसाधारणलाई थप समस्या हुन थालेको छ।तर राष्ट्र बैङ्कले भने, विषम परिस्थितिमा पनि माग र आपूर्ति घट्दा बजार महँगीमा खासै फरक नपार्ने बताइरहेको छ ।

बजार महँगी ७ प्रतिशतकै हाराहारीमा
कोरोना महामारीको विषम परिस्थितिमा पनि नेपालको बजार महँगी (मुद्रास्फीति)करिब ७ प्रतिशतकै हाराहारीमा रहने राष्ट्र बैङ्कका प्रवक्ता डा.गुणाकर भट्ट बताउँछन्।वस्तु तथा सेवाको उत्पादन,व्यवस्थापन, बजारीकरणका साथसाथै माग र आपूर्तिमा समेत कमी आउँदा बजार महँगी माथि नजाने प्रवक्ता भट्टको भनाइ छ ।

डिमान्ड र सप्लाइमा कमी आउँदा मूल्य स्वतःघट्ने अर्थशास्त्रीय नियम हो ।अहिलेको अवस्था पनि यही हो।बजारमा उत्पादन नभएसँगै माग र आपूर्तिमा पनि कमी आएको ।यसले बजारमा तत्कालका लागि वस्तु तथा सेवाको मूल्य वृद्धि हुने देखिँदैन’प्रवक्ता भट्टले भने,‘अहिलेको विषम परिस्थितिमा गुज्रिएको एक महिनाले त्यो देखाइसकेको छ । लकडाउनपूर्वको फागुन महिनाको डाटा र लकडाउन अवधिको चैत महिनाको डाटा उस्तै आएको छ ।खासै फरक छैन। उही ६/७ प्रतिशतकै हारहारीमा छ।त्यसैले अबको केही समय यस्तै अवस्था रहे पनि बजार महँगीमा खासै फरक पर्दैन ।

गत फागुनमा मात्र नेपालको बजार महँगी(मुद्रास्फीति६.७० प्रतिशत रहेको राष्ट्र बैङ्कको तथ्याङ्कले देखाएको छ।आर्थिक वर्ष २०७६/७७ को ८ महिनाको तथ्याङ्क सार्वजनिक गरेको बैङ्कले यस्तो तथ्याङ्क देखाएको हो ।

यो दर गत वर्षको सोही अवधिको तुलनामा २.५० प्रतिशतको विन्दुले बढी हो । जब कि गत वर्ष बजार महँगी ४.२० प्रतिशत मात्र थियो । यो लकडाउनपूर्वको तथ्याङ्क हो ।

प्रवक्ता भट्टका अनुसार चैत महिनाको तथ्याङ्कले पनि बजार महंगी ६.७० प्रतिशतकै हाराहारीमा देखाएको छ। तर चैत महिनाको तथ्याङ्क बैङ्कले सार्वजनिक भने गरिसकेको छैन ।

त्यसो त दैनिक उपभोग्य वस्तु दाल,चामल,नुन तेल,तरकारी फलफूलदेखि मेसिनेरी औजार,कच्चापदार्थ,सेवा सुविधाको आयातदेखि ठूलो परिमाणमा आयात हुने इन्धन (तेल)को मूल्यले समेत बजार महँगीलाई प्रभाव पारेको हुन्छ ।

केही समय अघिसम्म मात्र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ६०–७० अमेरिकी डलर प्रतिब्यारेल पुगेकोमा अहिले प्रतिब्यारेल २०–२२ मा झरेको अवस्था छ । प्रवक्ता भट्टका अनुसार कुल आयातको १५ प्रतिशतको आयात हुने तेलको मूल्यमा अन्तर्राष्ट्रिय बजारमा नै भारी गिरावट आएसँगै यसले बजारलाई सकारात्मक प्रभाव पारेको छ।त्यस्तै अन्य मेसिनरी तथा औद्योगिक कच्चा पदार्थहरुको आयातको अवस्थाले समेत बजार महँगीमा प्रभाव ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *