जापानमा थप २ जना नेपालीमा कोरोना संक्रमणको पुष्टि।

अन्तर्राष्ट्रिय

टोकियो, १८ बैशाख । जापानमा थप २ जना नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ । योसंगै जापानमा कोरोना संक्रमित नेपालीको संख्या ६ पुगेको छ ।

पछिल्लो पटक राजधानी टोकियोमा रेष्टुरेण्ट व्यवसाय सञ्चालन गरेर बस्ने एक नेपालीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

सोही रेष्टुरेण्टमा काम गर्ने अन्य २ नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएको जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले जानकारी दिएका छन । एक नेपाली भने उपचार पछि घर फर्किसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *