उदयपुरमा क्वारेन्टाइन भित्रै एक युवक ले गरे झु`ण्डि`एर आ`त्म ह`त्या ।

समाज

उदयपुर, १९ वैशाख । उदयपुरको रौतामाई गाउँपालिका- ७ गुराँसेका एक युवकले क्वारेन्टाइन भित्रै झुण्डिएर आ`त्म`ह`त्या गरेका छन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई-७राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षिय सुमन विकले गएराति आ`त्म`ह`त्या गरेका हुन् ।

गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार प्रेम विवाह गरी काठमाडाैं पुगेका विक लकडाउनको समयमा वैशाख ११ गते घर फर्किएपछि क्वारेन्टाइनमा राखिएको थियो । आ`त्म`ह`त्या गर्नुको कारण खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर बुढामगरले बताए ।

श्रीमतीसँग एउटै कोठामा बसेका विकले राति श्रीमती सुति`सके`पछि सलको पासो लगाएकाे भेटिएकाे छ । क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिका अनुसार उनीहरुबीच नियमित झग`डा हुँदै आएको थियो ।

क्याम्पसको क्वारेन्टाइनमा कोरोना भाइरसको आशंका गाउँपालिकाले ८ जनालाई राखेको अध्यक्ष खड्काले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *