नायिका संचिता लुइँटेलको आज जन्मदिन, कति वर्ष लागिन् ?

समाचार

नेपाली सिने नगरिमा कुनै समय एकक्षत्र राज गर्दै सबैको ढुकढुकी बनेकी नायिका संचिता लुइँटेलको आज जन्मदिन परेको छ । अङ्ग्रेजी वर्ष अनुसार १९८३ मे १ मा जन्मेकी उनी आजबाट ३६ वर्ष पूरा हुँदै ३७ वर्षमा प्रवेश गरेकी छन ।

५० भन्दा बढी फिल्ममा प्रमुख भुमिका निर्वाह गरेकी संचिता नायक निखिल उप्रेती संग बैवाहिक सम्बन्ध जोडेर २ सन्तानको आमा बनेकी छन । काठमाडौमा जन्मिएकी उनले आर्ट्समा मास्टर गरेकी छन् । सन् १९९९ मा प्रदर्शन भएको‘दागबत्ती’फिल्मबाट नेपाली सिने नगरिमा नायिकाको रुपमा डेब्यु गरेकी उनले २ दशक भन्दा बढी समय बिताईन । पछिल्लो समय उनले“हजार जुनि सम्म’”फिल्ममा अभिनय गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *