अब लकडाउन लम्बिए अप’राध बढ्छ। डीआईजी विश्वराज पोख्रेलले ।

राष्टिय

काठमाडौं। झण्डै डेढ महिनादेखि जारी लकडाउनका कारण रोजगारी र आयश्रोत गुमेकाहरुलाई राज्यले अन्य विकल्प दिन नसके आगामी दिनमा आपराधिक घटनामा वृद्धि हुने आकलन प्रहरीले गरेको छ। लकडाउनका कारण आर्थिक समस्या उत्पन्न हुँदा धेरैको रोजगारी गुमेको र उनीहरु अ’परा’धमा लाग्न सक्ने प्रहरीको भनाइ छ।

यस्तो अवस्थामा कतिपय वि’द्रो’ही समूहमा समेत संलग्न हुनसक्ने जोखिम रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोख्रेलले बताए।‘जतिधेरै लकडाउन लम्बियो उति नै अपराध बढ्ने सम्भावना छ,’उनले भने। मुख्य गरी आर्थिक समस्याका कारण अ’परा’ध बढ्ने उनले बताए।

कोरोना संक्रमणका कारण डेढ महिना लामो लकडाउन घोषणा भएको छ। लकडाउन अझै थपिने सम्भावना छ। दैनिक ज्यालादारी गर्ने श्रमिक बेरोजगार भइसकेका छन्। साना व्यवसायीहरु,नयाँ व्यवसायी र पर्यटन क्षेत्र बढी प्रभावित भएका छन्।

‘उनीहरुको आर्थिक कारोबारमा समस्या हुन्छ, सम्झौता अनुसार भुक्तानी गर्न सक्दैनन्। लेनदेनको सम्झौता समयअनुसार कार्यन्वयन नभइसकेपछि मुद्दा मामिला सुरु हुन्छ,’डीआईजी पोख्रेलले भने। यस्तै कतिपय चो’री, ड’कैती,लु’टपाट जस्ता अप’राध संलग्न हुने प्रहरीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *