‘एमसीसी’अमेरिकाको विश्वव्यापी राणनीति र कार्यक्रम अन्तर्गत रहेको नेकपा एमसीसी कार्यदलको निष्कर्ष ।

समाचार

काठमाडौं,१९ बैशाख । नेकपा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन सम्झौता (एमसीसी)बारे अध्ययन गर्न गठित कार्यदलले एमसीसी सहायता सामान्य दुईपक्षीय अनुदान नभएको निषकर्ष निकालेको छ । कार्यदलले एमसीसी अमेरिकाको विश्वव्यापी राणनीति र कार्यक्रम अन्तर्गत रहेको निष्कर्ष निकालेको हो ।

यसैबीच कार्यदलको अन्तिम प्रतिवेदनमा नेपाल सरकार र एमसीसीबीचको सम्झौता र नेपालको कानूनको अन्तरसम्बन्धबारे सम्झौतामा उल्लेख गरिएका कतिपय व्यवस्था अन्यौल उत्पन्न गर्ने किसिमका र त्रुटिपूर्ण रहेको निष्कर्ष पनि निकालिएका छ ।

यस कार्यक्रम कायान्वयन गर्ने क्रममा सम्झौताका प्रावधानहरु प्रभावी हुने केहीहदसम्म सम्बन्धित मुलुकका कानूनहरु लागू नहुने विषय स्वाभाविक नै भएपनि नेपालका अन्य कानूनी प्रावधानहरु प्रभावित नहुने कुराको सुनिश्चित गरिनुपर्ने सुझाव दिइएको छ ।

त्यस्तै,कार्यदलले नेपाल सरकार र एमसीसीबीच भएको आर्थिक अनुदान सहायता सम्झौता पनि नेपालले हालसम्म अवलम्बन गर्दै आएको स्वतन्त्र परराष्ट्र नीति तथा सबै राष्ट्रहरुसँग मित्रता र सार्वभौमिक समानताको मान्यता अनुरुप हुनुपर्ने निष्कर्ष पनि निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *